नेपालमै बनेको सवारी दर्ता गर्न बाटो खुल्यो

आर्थिक लाइभ
आर्थिक लाइभ २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपालमै बनेको यात्री मोटरसाइकल पहिलोपटक दर्ता भएको छ । यातायात कार्यालयले मे १५ तारिखमा यात्री पी १ मोटरसाइकल दर्ता गरेको हो ।
यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको जनाएको हो ।

कम्पनीले आफ्नो पेज मार्फत यात्री मोटरसाइकलले औपचारीक रुपमा दर्ता पाएको जानकारी दिएको छ । विद्युतीय मोटरसाइकलको रुपमा चार बर्ष अघि यात्री टिमले नेपालमै मोटरसाइकल उत्पादन गर्दै आएको थियो । तर, सरकारले दर्ता प्रक्रियामा सहयोग नगर्दा विभिन्न झमेला भोग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array