साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ विमोचन

आर्थिक लाइभ
आर्थिक लाइभ २३ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । लेखक, पर्यावरणविद् तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ शनिबार काठमाडौंमा एक समारोहकाबीच लोकार्पण गरिएको छ । लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणबिदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियन्ताको रुपमा परिचित छन् । पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यको बगैंचामा एउटा फूलको वृक्षारोपण गरेका छन् ।

सांग्रीला प्रकाशन गृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम बिश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ । सेनाको मनोविज्ञानलाई अत्यन्तै सजिवरुपमा प्रस्तुत गरिएको यो कृतिमाथि लेखक स्वयंम र वक्ताहरु– प्रा.डा.गोविन्द राज भट्टराई, नेपाली चलचित्र तथा संगीतविज्ञ प्रकाश सायमी , र कवि बिमला तुम्खेवाले आ–आफ्नो अभिव्यक्ति राखेका थिए । लेखक/समालोचक राजकुमार बककानियाले कार्यक्रमलाई अन्तरकृयात्मक ढंगले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array