बढ्यो बीमाको पहुँच

आर्थिक लाइभ
आर्थिक लाइभ २१ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बीमाको दायरा (म्यादी,लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित)करिब ४५ प्रतिशत पुगेको पाइएको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच ११.४७ प्रतिशतले बढेर ४४.७० प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बीमाको पहुँच ३३.२३ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी, लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ४०.२३ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच ३०.४३ प्रतिशत मात्रै रहेको थियो ।

माघ सम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ६१.६६ प्रतिशतले बढेर १३ लाख ६० हजार ३८८ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ८ लाख ४१ हजार ५३० वटा यस्तो बीमालेख जारी गरेका थिए ।

यस्तै जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमालेख बाहेक) पनि १८.२७ प्रतिशतले बढेर ५७ लाख ३८ हजार ४३४ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि ३६.२० प्रतिशतले बढेर १ करोड ४२ लाख ६० हजार १३९ वटा पुगेको छ ।

जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ३.५१ प्रतिशतले घटेर १६ लाख ९५ हजार ७८८ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १६ लाख ३६ हजार २८४ वटा बीमालेख जारी गरेका थिए । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने ३.२४ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ४४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ३ अर्ब ११ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array