बढ्यो डिजेल र पेट्रोलको मूल्य, लिटरको कति पुग्यो रू?

आर्थिक लाइभ
आर्थिक लाइभ २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीनरतीन रूपैयाँ बढाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्‍याएको छ। यसअघि पेट्रोल १७५ र डिजेल तथा मट्टीतेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ १७० रूपैयाँ प्रतिलिटर र बाह्यतर्फ १.४२० डलर कायमै राखिएको छ। एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार ८०० नै कायम राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array