आत्मदाह गरेका प्रेम आचार्यको एक करोडको बीमा

आर्थिक लाइभ
आर्थिक लाइभ १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । आत्मदाह गरी मृत्यु भएका प्रेम प्रसाद आचार्यको एक करोडको जीवन बीमा भएको खुलेको छ । सन नेपाल लाइफ इन्स्योरेन्समा एक करोड रुपैयाँ बराबरको जीवन बीमा गरेको खुलेको हो ।
मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल मार्फत आफ्नो जीवन बीमा सन नेपाल लाइफमा गरेको खुलाएका थिए । कम्पनीले पनि उनले दुई वर्षअघि नै बीमा गरेको बताएको छ ।
जीवन बीमा पोलिसीअनुसार सुसाइड अर्थात आत्महत्या मार्फत मृत्युको बाटो रोजेका सबै बीमितको केशमा दावी भुक्तानी हुँदैन । तर अर्यालको केशमा भने उनको परिवारले बीमाको दावी भुक्तानी पाउने भएका छन् ।

आचार्यले बीमा गरेको दुई वर्ष बढी भइसकेकोले उनको परिवारलाई दावी भुक्तानी दिइने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array