लुम्बिनी जनरल इन्स्योरेन्सले गर्‍यो लाभांश संशोधन

आर्थिक लाइभ
आर्थिक लाइभ ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले लाभांश संशोधन गरेको जनाएको छ ।

अब कम्पनीले चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array