बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

आर्थिक लाइभ
आर्थिक लाइभ १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।
भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।
भूकम्पले बाजुरामा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको हो । यस्तै भूकम्पले बझाङ चैनपुरको सन्तोस प्लाजाको ४ तला माथि रहेको मन्दिर भत्केको छ । चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको छ । भूकम्पको थप विवरण आउन बाँकी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array