राष्ट्र बैंकले रु १०.६ अर्बको ट्रेजरी बिल जारी गर्दै, अर्को मंगलबार बोलकबोल

आर्थिक लाइभ
आर्थिक लाइभ ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यही माघ ९ गते ९मंगलबार० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले माघ १० गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो मंगलबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रु पैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १२ गते र २०८० माघ ९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आउँदो मंगलबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रतिक्रिया दिनुहोस्