यति विमान दुर्घटनाः १२ शवको पहिचान, तीन जनाको खोजी जारी

आर्थिक लाइभ
आर्थिक लाइभ १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार तीन जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा खटिएका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकरीले चार जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सेती नदीमा परिचालन गरेका छन् ।
दुर्घटनामा परेका ६९ जनाको शव संकलन गरिसकिएको छ । यति एयरलाइन्सले पनि ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा परेका अन्य तीन जनाको खोजी भइरहेको छ ।
खोज तथा उद्धार समन्वयन केन्द्रले शव प्राप्त भएकामध्ये १२ जनाको सनाखत गरिएको जानकारी दिएको छ । बाँकीको पनि सनाखत प्रक्रिया जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array