प्रधानमन्त्री प्रचण्डले पाए असाधारण विश्वासको मत

आर्थिक लाइभ
आर्थिक लाइभ २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानपछि विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २७२ मत परेको सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array