सचिन परियार बोल्नै नसक्ने अवस्थामा, आईसीयूमा उपचार हुँदै

आर्थिक लाइभ
आर्थिक लाइभ ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा रहेका सचिन परियार अहिले बोल्नै नसक्ने अवस्थामा पुगेका छन् ।
सचिनको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसनमार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्। सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्।

सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्। उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथिहरु र बाबुको आमालाई सोध्दा सचिन बाबुको अवस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार, खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

Array