काठमाडौं : काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सडक मिचेर बनाइएको संरचनामाथि डोजर चलाएको छ ।


महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना भत्काएको हो ।
देवीनगर क्षेत्रमा सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको महानगरले जनाएको छ ।
तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।
देवीनगर क्षेत्रमा अबैध रुपमा बनाइएका २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ । यसअघि नै महानगरले सो क्षेत्र खाली गर्न रेखांकन गरिसकेको थियो ।
महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ




प्रतिक्रिया दिनुहोस्