बागमतीमा सवारी लाइसेन्सका लागि ट्रायलमा अब ७० अंक ल्याए पास

आर्थिक लाइभ
आर्थिक लाइभ १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं ।  बागमती प्रदेशमा अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ । यो व्यवस्था यही मंसिर १८ गते (आइतबार) देखि नै कार्यान्वयनमा आउने बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।

अब लिखितमा ६० प्रतिशत ल्याउनुपर्ने हुन्छ । पुरानो व्यवस्था अनुसार लिखितमा ५० अंक ल्याए पास हुने थियो । बागमती प्रदेशले यसैसम्बन्धमा आफ्नो सबै यातायात कार्यालयमा परिपत्र समेत गरेको अधिकृत चौलागाईंले बताए । अब आइतबारदेखि ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा हुनेछ ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array