नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमै

आर्थिक लाइभ
आर्थिक लाइभ १६ माघ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । भ्रष्टाचार हुने राष्ट्रहरूको सूचीमा नेपाल १०८औं स्थानमा रहेकाे छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२३ काे तथ्यांक अनुसार नेपाल १०८ स्थानमा परेकाे हाे ।

गत वर्षभन्दा एक स्थान तल झरेर नेपाल याे वर्ष १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो । यसअघि नेपाल ३४ अंककासाथ ११०औं स्थानमा परेकाे थियो । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केहि सुधार भएकाे छ तर भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायम रहेको छ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर प्रतिवेदन तयार गरेको हाे । उक्त प्रतिवेदन अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । डेनमार्क ९० अंक पाएकाे छ ।यस्तै, सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा ११ अंक पाएर सोमालिया परेको छ ।

 

सबैभन्दा बढी भ्रष्टाचार हुने दक्षिण एसियाका राष्ट्रमा अफगानिस्तान परेकाे छ । यसैगरी, सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा भने भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ। उक्त प्रतिवेदनमा ४० भन्दा कम अंक पाउने देशहरू धेरै भ्रष्टाचार हुने राष्ट्र अन्तर्गत पर्दछन्।

राजनीति, वित्त, न्याय लगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा सार्वजनिक गर्दै आएको छ । सार्वजनिक गरिएकाे प्रतिवेदनले शून्य अंक पाए सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० अंक ल्याए भ्रष्टाचार नै नहुने देशअन्तर्गत पर्ने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array