अधिकांश बैंकको वित्तीय विवरण नकारात्मक

आर्थिक लाइभ
आर्थिक लाइभ ७ माघ २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्ममा अधिकांश बैंकको वासलात (वित्तीय विवरण) नकारात्मक देखिएको छ। गत वर्षदेखि व्यवसाय ठप्प पारी कर्जा सुधारमा केन्द्रित भएका बैंकहरुको वासलात नकारात्मक देखिएको हो।

खराब कर्जा बढ्न थालेपछि बैंकहरुले नयाँ लगानी रोकेर सुधार गर्न लागेका थिए। अधिकांश बैंकहरुको खराब कर्जा दोब्बर माथि हुँदा उनीहरु व्यवसाय विस्तार रोकेका थिए।

योसँगै ६ महिनामा २० वाणिज्य बैंकमध्ये १७ बैंकको नाफा घटेको र ३ बैंकको मात्रै बढेको विवरणले देखाएको छ। यसअनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा ९.९५ प्रतिशतले घटेर २८ अर्ब ७६ करोड ५२ लाखमा खुम्चिएको छ।

गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३१ अर्ब ९४ करोड नाफा गरेका थिए। २०८० पुस मसान्तसम्म एभरेष्ट, हिमालयन र प्राइम बैंकको नाफा सकारात्मक देखिएको छ भने अन्य १७ बैंकको नकारात्मक देखिएको छ।

पुस मसान्तसम्म कृषि विकास बैंक १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ऋणात्मक थियो।

एभरेष्ट बैंकले ७.८८ प्रतिशतले नाफा बढाएर १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ पुर्‍याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो।

यता हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशले बढेर १ अर्ब ५० करोड ३९ ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ थियो।

त्यस्तै प्राइम बैंकको नाफा ३२.१३ प्रतिशतले बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ थियो।

नाफा कमाउने अग्रस्थानमा रहेको नबिलको नाफा घट्यो
चालू आवको ६ महिनासम्म नबिल बैंकले ३ अर्ब २० करोड नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ४१ करोड थियो।

त्यसैगरी ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्यले २ अर्ब १ करोड ५३ लाख, स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७२ करोड नाफा गरेको विवरणले देखाएको छ।

तीबाहेक लक्ष्मी सनराइज बैंकले १ अर्ब ५ करोड, सिद्धार्थ बैंकले १ अर्ब १३ करोड, सिटिजन्स बैंकले ७८ करोड, सानिमा बैंकले १ अर्ब १३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८० करोड, कुमारी बैंकले ८६ करोड, माछापुच्छ्रे बैंकले ८० करोड, एनएमबी बैंकले १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंकको ८४ करोड, प्रभु बैंकले ७२ करोड, एनआईसी एसियाले १ अर्ब ९० करोड र नेपाल बैंकले ५९ करोड नाफा गरेको छ।

तालिकामा हेर्नुहोस् कुन बैंकको नाफा कति?

क्र.सं. नाम ६ महिनाको नाफा
एभरेष्ट बैंक १ अर्ब ७१ करोड
हिमालयन बैंक १ अर्ब ५० करोड
प्राइम बैंक २ अर्ब १८ करोड
नबिल बैंक ३ अर्ब २० करोड
ग्लोबल आइएमई २ अर्ब ४ करोड
लक्ष्मी सनराइज १ अर्ब ५ करोड
सिद्धार्थ बैंक १ अर्ब १३ करोड
सिटिजन्स बैंक ७८ करोड
सानिमा बैंक १ अर्ब १३ करोड
१० नेपाल इन्भेष्टमेन्ट मेगा १ अर्ब ८० करोड
११ कुमारी बैंक ८६ करोड
१२ माछापुच्छ्रे बैंक ८० करोड
१३ एनएमबि बैंक १ अर्ब ३७ करोड
१४ नेपाल एसबीआई बैंक ८४ करोड
१५ प्रभु बैंक ७२ करोड
१६ एनआईसी एसिया १ अर्ब ९० करोड
१७ नेपाल बैंक ५९ करोड
१८ राष्ट्रिय वाणिज्य २ अर्ब १ करोड
१९ स्टान्डर्ड चार्टर्ड बैंक १ अर्ब ७२ करोड
२० कृषि विकास बैंक १ अर्ब ३५ करोड

प्रतिक्रिया दिनुहोस्

Array