अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्र लेख्ने लेखा समितिको निर्णय

आर्थिक लाइभ
आर्थिक लाइभ १२ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ। बिहीबार बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्राचार गर्ने निर्णय गरेको हो।

धितोपत्र बोर्डको नियमावलीलगायतका विषयमा छलफल गर्दै समितिले घाटामा रहेका कम्पनीलाई सेयर निष्काशन गर्न दिएको, प्रिमियममा सेयर निष्काशन गर्न दिँदा भ्रष्टाचारको आशंका पैदा भएको भन्दै छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

प्रतिक्रिया दिनुहोस्

Array