तीन महिनामा वाणिज्य बैंकहरुको अवस्था, कुनको कस्ता ?

आर्थिक लाइभ
आर्थिक लाइभ १७ कार्तिक २०८०, शुक्रबार
6 Min Read
Aa

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। जसअनुसार आधाजसो बैंकको नाफा सामान्य बढ्दा आधाको नाफा घटेको छ। कृषि विकास बैंकको नाफा भने ऋणात्मक देखिएको छ।

बैंकहरुले प्रकाशन गरेका वित्तीय प्रतिवेदनअनुसार नबिल बैंकको चालू आर्थिक वर्षमा खुद नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ छ। यो नाफा गत वर्षको तुलनामा झन्डै १० करोड कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा उक्त बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

ग्लोबल आईएमई बैंकको नाफा भने बढेको छ। गत आर्थिक वर्षमा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले यस वर्षको तीन महिनामा १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको हो।

हिमालयन बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५ करोड रुपैयाँ भएको छ। गत आर्थिक वर्षमा ५३ करोड रुपैयाँ नाफा गरेको थियो।

प्रभु बैंकको नाफा १ अर्ब ३ करोड पुगेको छ। गत आर्थिक वर्ष यसले ७० करोड रुपैयाँ नाफा गरेको थियो। नेपाल इन्भेस्ट मेगा बैंकको नाफा १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष यसले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो।

यस्तै प्राइम बैंकको नाफा १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष प्राइम बैंकको नाफा ८७ करोड रुपैयाँ थियो।

माछापुच्छ्रे बैंकको नाफा ५४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ४५ करोड रुपैयाँ नाफा गरेको थियो।

एनएमबी बैंकको नाफा ९६ करोड खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा उसले ९० करोड रुपैयाँ नाफा कमाएको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८२ करोड रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको तीन महिनामा ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

एभरेस्ट बैंको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्ष ८६ करोडको नाफा रहेकामा यो वर्ष तीन महिनामा ७८ करोड नाफा कमाएको छ।

सानिमा बैंकको नाफामा पनि घटेको छ। गत आर्थिक वर्षको तीन महिनामा ५४ करोड नाफा गरेको सो बैंकले यो वर्षको सोही अवधिमा ४८ करोड मात्रै नाफा गरेको हो।

सिटिजन्स बैंकको नाफामा पनि गिरावट आएको छ। गत आर्थिक वर्ष ३ महिनामा ५० करोड नाफा कमाएकामा यो वर्ष सो अवधिमा उसले ४० करोड रुपैयाँ मात्र नाफा गरेको हो।

यसैगरी नेपाल एसबीआई बैंकको नाफामा १३ करोडको गिरावट आएको छ। गत आर्थिक वर्ष ३ महिनामा ६२ करोड नाफा गरेको सो बैंकले यो वर्ष सो अवधिमा ४७ करोड मात्रै नाफा कमाएको हो।

राष्ट्रिय वणिजय बैंकको नाफामा मा ठूलो गिरावट आएको छ। गत आर्थिक वर्ष १ अर्ब २४ करोड रहेकोमा यो वर्ष ८५ करोडको मात्रै नाफा देखिएको हो।

एनआईसी एसिया बैंकको नाफामा समेत ७५ करोडको गिरावट देखिएको छ। गत आर्थिक वर्षको १ अर्ब ७५ करोड नाफा गरेकामा यो वर्ष ३ महिनामा उसले १ अर्ब मात्रै नाफा गर्न सकेको हो।

कुमारी बैंकको नाफा गत वर्ष ३ महिनामा १ अर्ब रुपैयाँ रहेकामा यो वर्ष सो अवधिमा २६ करोडको मात्रै देखिएको हो।

नेपाल बैंकको नाफा नाफा गत आर्थिक वर्ष ३ महिनामा ६० करोड गरेकामा यो वर्ष सो अवधिमा १४ करोड मात्रै छ।

लक्ष्मी सनराइज बैंकले गत वर्ष ३ महिनामा ५० करोड नाफा कमाएमामा यो वर्ष उक्त अवधिमा १० करोड मात्रै नाफा देखिएको हो। सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ महिनामा ४९ करोड कमाएकामा यो वर्ष ४२ करोडको नाफा कमाएको छ।

कृषि विकास बैंकको गत आर्थिक वर्ष पहिलो ३ महिनामा २२ करोड नाफा रहेकामा यो आर्थिक वर्षको सो अवधिमा ८८ कारेड ऋणमा देखिएको हो।

बैंक नाफा रू करोडमा खुद ब्याज आम्दानी रू. करोडमा जोखिम प्रावधान  रू करोडमा 
असोज २०८० असोज २०७९ फरक प्रतिशत असोज २०८० असोज २०७९ फरक प्रतिशत असोज २०८०
प्रभु बैंक १०३ ७० ४७.१४ २५४ १९७ २८.९३
नबिल बैंक १४६ १५७  ७.०१ ४१७ ३६७ १३.६२ १११
सिटिजन्स बैंक ४० ५० २० १४४ १४५  ०.६९ ४२
स्ट्याण्डर्ड चार्टर्ड बैंक ८२ ८१ १ २३ १३८ १४१  २.१३
एभरेष्ट बैंक ७८ ८६ .३० १८९ १८८ .५३ ४२
कृषि विकास ८८ २२ २०६ १८३ १२.५७ २१६
सानिमा बैंक ४८ ५४  ११ ११ १६०  ५0 ५४
एनएमबी ९६ ९० ६ ६७ २२२ २०५ .२९ ४८
नेपाल एसबिआई ४७ ६२  २४.१९ १३८ १२९ .९८ २९
हिमालयन बैंक १०५ ५३ ९८.११ ३१७ १८० ७६.११ ७५
लक्ष्मी सनराइज बैंक १० ५० ८० २८६ १५१ ८९.४० २१४
माछापुच्छ्रे ५४ ४५ २० १४१ १४७  ४.०८
प्राइम कमर्सियल ११५ ८७ ३२.१८ १९९ १८८ .८५ २१
ग्लोबल आइएमइ १२२ ११८ .३९ ४८० ३२० ५० १७८
एनआइसी एशिया १०१ १७५  ४२.२९ २७४ ३३३  १७.७२ ६४
नेपाल इन्भेष्टमेन्ट मेगा १५२ ११४ ३३.३३ ४१६ २१२ ९६.२३ ६४
सिद्धार्थ बैंक ४९  ९१.८४ १९६ २१२  ७.५५ १४३
कुमारी बैंक २६ १००  ७४ ३०४      १८५ ६४.३२ २१८
नेपाल बैंक १४ ६०  ७६.६७ २२१ १९० १६.३२ १३४
आरबिबी ८५ १२४  ३१.४५ २५२ ३१८ २०.७५ ४७
कुल १३४० १६४७  १८.६४ ४८४६ ४१५१ १९.१५ १७१

 

प्रतिक्रिया दिनुहोस्

Array