उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता

आर्थिक लाइभ
आर्थिक लाइभ ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत असोज ६ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, वचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतिकरण गरिएको थियो ।
बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले वचतको महत्व, दैनिक जिवनमा गरिने वचत व्यवहार, कर्जा सम्बन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैंकिङका महत्व, अवसर र चुनौतीका वारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बोल्दै एसपी आचार्यले दैनिक जिवनमा वचत गनुपर्ने थाहा भएतापनी कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिइएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जीवनमा वचतको महत्व बुझेर बचत बानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौसला मिलेको बताउनुभयो ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array