“सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर ”

आर्थिक लाइभ
आर्थिक लाइभ २६ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक महानुभाव तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०५।२५ का दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलकोतर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array