घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने

आर्थिक लाइभ
आर्थिक लाइभ २५ श्रावण २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीसहित तीन वटा कम्पनीका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्टसहित थ्री स्टार हाइड्रोपावर र अपर स्याङ्‍गे हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले सार्वजनिक निष्कासन गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम सहित ४०० रुपैयाँमा सर्वसाधारणलाई ३३६ रुपैयाँ प्रिमियम सहित४३६ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कासन गरेको थियो । कम्पनीको सेयरको पहिलो कारोबारका लागि २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ ।

थ्री स्टार हाइड्रोपावरको कुल ४९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । जसमध्ये २१ लाख ३१ हजार २५० कित्ता सेयर सार्वजनिक निष्कासन भएको साधारण सेयर र ३६ लाख ९३ हजार ७५० कित्ता संस्थापक सेयर हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ८५ रुपैयाा ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा सम्म ओपनिङ रेञ्ज तोकेको छ ।

अपर स्याङ्‍गे हाइड्रोपावर कम्पनीको पनि बिहीबार २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ८ लाख ७० हजार सार्वजनिक निष्कासन भएको साधारण सेयर र १३ लाख ३० हजार कित्ता संस्थापक सेयर हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ८४ रुपैयाँ ५४ पैसा देखि २४३ रुपैयाँ ६२ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण भएको कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थ देखि त्यसको ३ गुणसम्म ओपनिङ रेञ्ज तोक्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array