एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याइने

आर्थिक लाइभ
आर्थिक लाइभ १५ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याउने भएको छ। नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा भएको लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा सेबोन अध्यक्ष रमेशकुमार हमालले एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।
सरोकारवाला निकायहरुको रायसुझावपछि मस्यौदामा केही संशोधन गर्नुपर्ने देखिएको सो कार्य गरी सेबोन सञ्चालक समितिले पारित गरेपछि लागू हुन्छ’, सेबोनको एक उच्च अधिकारीले भने, ‘त्यसपछि अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मात्र एसएमई प्लेटफर्म सञ्चालनको बाटो खुला हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

Array