१० प्रतिशत महँगी बढ्ने राष्ट्र बैंकको सर्वेक्षण

आर्थिक लाइभ
आर्थिक लाइभ ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । तीन महिनामा १० प्रतिशतले मूल्य वृद्धि हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा सहभागी उपभोक्ताले तीन महिनामा १० प्रतिशत रहेको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरेको हो । यस सर्वेक्षण पुस २४ देखि ३० गतेसम्म ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत गरेको थियो । २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा सहभागी ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेको जनाएका छन् । त्यस्तै ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको हिस्ता २०७९ असोजको तुलनामा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array