काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध आज साेमवार सडकमा प्रदर्शन गरेका उनीहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका हुन् । आज उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए ।
![](https://arthiklive.com/wp-content/uploads/2023/01/aa2-scaled.jpeg)
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले निकालेको संयुक्त विज्ञप्तिमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका कर्मचारीसहित ३० जनाले मजदुरमाथि हातपात गरकाले प्रदर्शन चक्काजाम गरेको उल्लेख छ । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीभन्दा प्रहरीले उल्टै मजदुरमाथि बल प्रयोग गरेको उनीहरूको आरोप छ ।
मजदुरहरूको प्रदर्शनका कारण आज दिनभर बालाजुको गोङ्गबु, नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्