कोभिडपछि पहिलो पटक चीन निर्यात

आर्थिक लाइभ
आर्थिक लाइभ १२ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । कोरोना सुरु भएपछि पहिलो पटक नेपाल चीन वस्तु निर्यात गरेको छ। मंगलबारदेखि नेपालले वस्तु निर्यात गरेको हो।
रसुवागढी नाकाबाट पहिलो दिन वस्तु निर्यात भएको हो। भन्सार विभागका अनुसार तातोपानी नाकाबाट समेत वस्तु निर्यात हुने बताइएको छ।
२०७६ माघ १४ गते चीनले स्थालमार्गबाट वस्तु आयात निर्यात बन्द गरेको थियो। बीचमा वस्तु आयत खुल्ला गरे पनि निर्यात भने अहिलेसम्म बन्द थियो। रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नेपालखबरसँग कुरा गर्दै ६ ट्रक वस्तु निर्यात भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Array