विश्वकप फुटबलमा यस्तो छ पुरस्कार राशि

आर्थिक लाइभ
आर्थिक लाइभ ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालिरहेका छन्। यस पटक पनि साबिक विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेका छन्।

यस पटक पनि पुरानै विजेताको निरन्तरता हुनेछ। फ्रान्स सन् १९९८ र २०१८ को विजेता हो। यसैगरी अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो।

कतार विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ। जसमध्ये विजेताले ४ करोड २० लाख, उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।

यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array