बाराही हाइड्रोको आईपीओ बाँडफाँट

आर्थिक लाइभ
आर्थिक लाइभ ३ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी आज बिहान बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट www.niblcapital.com र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://www.barahihydropower.com.np/​  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीको आईपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array