आजबाट एनबी क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङको एकीकृत कारोबार सुरु

आर्थिक लाइभ
आर्थिक लाइभ १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) क्यापिटल लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड आपसमा गाभिई आज पुस १ एकीकृत कारोबारको घोषणा गरिएको छ।

दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एकआपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर÷एक्विजिसन) गरेमा एकमात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्नुपर्ने र गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको ६ महिनाभित्र मर्चेन्ट बैंकिङ व्यवसायका लागि एकमात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुरुप संस्थाका प्रवर्द्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेपश्चात गत भदौ २१ मा नबिल इन्भेस्टमेन्ट र एनबी क्यापिटलबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array