प्रहरी रिपोर्ट बिना संस्थापक सेयर किन्न नपाइने

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

 काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रहरी रिपोर्ट नबुझाइकन संस्थापक सेयर नपाइने व्यवस्था गरेको छ। केन्दीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार एकीकृत निर्देशन जारी आपराधिक पृष्ठभूमि नरहेको प्रमाण पेस गरे पछि मात्रै संस्थापक सेयर किन्न पाइने व्यवस्था गरेको हो।

यसअघि संस्थापक सेयर किन्नका लागि यस्तो व्यवस्था थिएन। केन्द्रीय बैंकले प्रहरी रिपोर्टमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यक्ति भई नसकेकाले संस्थापक सेयर किन्न पाउँदैनन्। संस्थापक सेयर किन्नेका लागि यस अघि नै केन्द्रीय बैंकले १५ वटा व्यवस्था गरेको थियो। अहिले थप एउटा व्यवस्था पनि थपेको हो।

प्रतिक्रिया दिनुहोस्

Array