पुसमा ब्याजदर नबढ्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । पुस महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। यद्यपि, बैंकहरुले पुस महिनको लागि पनि ब्याजदर घटाउने निर्णय गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

Array