नेपाल-भारत सीमा विवाद : सरकारले भारतलाई पठायो कुटनीतिक नोट

आर्थिक लाइभ
आर्थिक लाइभ २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

आइतबार नेपाली र भारतीय नागरिकबीच नदीको धार नेपाली बस्तीतिर फर्काएको विषयमा भएको विवादले झडपको रूप लिएको थियो । जसमा सीमा पारिबाट आएको ढुंगा लागेर विद्यालयमा खेलिरहेका चारजना बालक घाइते भएका थिए ।

घटनाको दुई दिनपछि परराष्ट्र मन्त्रालयले दार्चुलामा भएको भारतीय ज्यादतीबारे भारतलाई कूटनीतिक नोट पठाएको हो । कूटनीतिक नोट काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि, मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आफूहरूले कूटनीतिक नोट पठाउने तयारी गरिरहेको जानकारी दिएकी थिइन् ।

गृह मन्त्रालयले सोमबार घटनाबारे जानकारी दिँदै र स्थायी समाधान खोज्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।

पत्रमा दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array