भोलीदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी

आर्थिक लाइभ
आर्थिक लाइभ १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएका छन् । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोबरमा कम्पनीहरुसँग बसेको बैठकको निर्णय अनुसार मंगलबार देखि दाबी भुक्तानी गर्ने भएको हो ।
नेपाल बीमक संघले नेपाल पूनर्बीमा कम्पनीबाट हालसम्म रकम प्राप्त नभएको जनाएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने गरी संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दावी भुक्तानी प्रकृया शुरु गर्न निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array