सात लघुबीमा कम्पनीले पायो लाइसेन्स (सूचीसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सातवटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने प्रक्रिया टुङ्ग्याएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ३ लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको जनाएको छ।
लाइसेन्ससँगै लघुवित्त कम्पनीको कार्यक्षेत्र समेत टुंग्याएको छ। तत्कालीन बीमा समितिले भदौमा आवेदन माग गरेको थियो। जसमा ३१ वटा कम्पनीले आवेदन दिएका थिए ।
आवेदन दिएका कम्पनीहरुमध्ये ७ कम्पनीलाई लाइसेन्सको लागि छनौट गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले छनौट गरेको लघुबीमा कम्पनीहरुमा जीवनतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइको लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array