वाणिज्य बैंकहरुको निक्षेप रु. १६ अर्बले बढ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी कात्तिकमा बैंकहरुले थप २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै कात्तिक मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २० अर्ब रुपैयाँमा थियो। कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो थोरै घटेर ८७.१० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array