इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले शुक्रबार एक सूचना प्रकाशित गर्दै ती दुई बैंकका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकसाताअघि सेयर कारोबार फुकुवाको अनुरोध गर्दै नेप्सेमा आवेदन दिएका थिए । सोही आवेदनका आधारमा धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३(१) बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुवै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णयअनुसार फुकुवा भएको नेप्सेले प्रष्ट पारेको छ ।
अब यससँगै एकआपसमा मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array