प्रभु बैंकको लाभांश घोषणा

आर्थिक लाइभ
आर्थिक लाइभ २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

Array