असोजमा बढ्यो विदेशी मुद्राको सञ्चिति

आर्थिक लाइभ
आर्थिक लाइभ ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । आयात प्रतिबन्धको प्रभाव बाह्य क्षेत्रमा देखिन लागेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमास (असोज) सम्मको तथ्यांकले बाह्य क्षेत्रमा सुधार देखिन लागेको देखिएको हो ।
केही वस्तुको आयात प्रतिबन्धले घटेको आयात तथा लगातार बढीरहेको रेमिट्यान्सले साउन र भदौमा घटेको विदेशी विनिमय सञ्चिति असोजमा भने बढेको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति भदौमा घटेर ९ अर्ब ३५ करोडमा झरेको थियो । तर, असोज मसान्तमा आउँदा ९ अर्ब ४८ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array