विकास बैंक र फाइनान्स कम्पनीले मंसिरमा निक्षेपको ब्याजदर घटाउने

आर्थिक लाइभ
आर्थिक लाइभ २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरमा निक्षेपको ब्याजदर घटाउने भएका छन्। मंगलबार डेभलपमेन्ट बैंकर एशोशियसन र फाइनान्स एशोशियसनको मंगलबार बसेको बैठकले मुद्दती निक्षेपमा ब्याजदर घटाउने निर्णय गरेका हुन्।
मंसिरमा विकास बैंकहरुले मुद्दती निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बताए। उनका अनुसार सिडि रेशियो केहि सहज हुन थालेकोले संकेतिक रुपमा सामान्य ब्याजदर घटाउने निर्णय गरिएको हो।
यस्तै फाइनान्स कम्पनीहरुले पनि ०.१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय गरेको फाइनान्स एशोशियसनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए।

प्रतिक्रिया दिनुहोस्

Array