निर्वाचन लागि विद्यालय ४ दिन र सरकारी कार्यालय २ दिन बिदा

आर्थिक लाइभ
आर्थिक लाइभ २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । आगामी आम निर्वाचनका लागि सरकारले मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म ४ दिन बन्द गर्ने भएको छ । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते २ दिन बन्द हुनेछन् ।
गृहमन्त्रालयले एक सूचना जारी गरी सार्वजनिक विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array