तपाईको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो ? यसरी हेर्नुहोस्

आर्थिक लाइभ
आर्थिक लाइभ २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर कसरी हेर्ने भनेर तपाई अनमलमा हुनुहुन्छ होला ? तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ ।
ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी  (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ ।

त्यसैगरी तपाईले ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्सका लागि आवेदन दिनुभएको हो भने कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि http://ekantakunalicense.bagamati.gov.np/license-status  मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ ।
त्यसैगरी अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array