बैंकको व्याजदरविरुद्ध आन्दोलनमा उत्रिए उद्योगी–व्यावसायी(फोटोफिचर)

आर्थिक लाइभ
आर्थिक लाइभ १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । बैंकहरुले अच्काली व्याज बढाएपछि व्याजदर विरुद्धमा उद्योगी–व्यावसायीहरु आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबार काठमाडौं माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका थिए ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडांैको अगुवाइमा उद्योगी–व्यासायीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघरमा शान्तिपूर्ण मौन विरोध गरेका हुन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडांैका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीका माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको बताए ।

प्रदर्शनमा खाद्य व्यापार संघ ललितपुर, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल तयारी पोसाक संघ, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ, भक्तपुर उघोग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघलगायतमा आबद्ध उद्योगव्यवसायी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array