तीन महिनामा ७०५ विद्युतीय गाडी आयात

आर्थिक लाइभ
आर्थिक लाइभ १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । चालु आवको पहिलो तीन महिना (साउन-असोज)मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ ।

तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्टि्रक गाडी आयात भएको छ । यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array