असोजको २८ दिनमा वाणिज्य बैंकमा ३४ अर्ब निक्षेप थपियो

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । असोजको २८ दिनमा वाणिज्य बैंकहरुले ३४ अर्ब रुपैयाँ निक्षेप संकलन थपेका छन्। गत भदौ मसान्तमा वाणिज्य बैंकहरुले कूल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। जुन असोज २८ गतेसम्म आइपुग्दा ४५ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको नेपाल बैकर्स संघले जानकारी दिएको छ।

संघको तथ्यांक अनुसार दशैं बिदाबीच अर्थात् असोज १४ गतेदेखि २१ गतेसम्म वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप घटेको थियो। बैंकमा निक्षेप एक सातामै ८ अर्ब रुपैयाँ पुनः बैंकिङ प्रणालीमा फिर्ता भएको छ।

बैंकहरुको ऋण (कर्जा) लगानी भने सुस्त देखिएको छ। असोज चौंथो साता बैंकहरुको कर्जा लगानी ६२ करोड रुपैयाँले बढेको छ। मसान्तमा कर्जा असुली बढ्दा पनि कर्जा लगानी सुस्त देखिएको हो। असोज २८ गतेसम्ममा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ।

निक्षेप बढेसँगै बैंकहरुको सीडी रेसियो ८६ प्रतिशतमा झरेको छ। असोज २८ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array