बढ्यो बैंकमा निक्षेप, १० दिनमा ४ अर्ब थपियो

आर्थिक लाइभ
आर्थिक लाइभ २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । बैंकहरुको निक्षेप बढेको छ । दसैँअघि बैंकिङ प्रणालीबाट लगातार निक्षेप घटेकोमा दसैँपछि ४ अर्ब रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दसैँअघि अर्थात् गत १३ असोजमा ५१ खर्ब २३ अर्ब रूपैयाँको निक्षेप रहेकोमा २३ असोजमा ५१ खर्ब २७ अर्ब पुगेको छ ।

बढेको निक्षेपमा वाणिज्य बैंकहरूमा भने १ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह भने दसैँअघिको तुलनामा १२ अर्बले घटेको छ ।

असोज १३ गतेसम्म कुल ४७ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा गत आइतबारसम्म ४७ खर्ब २६ अर्बमा झरेको छ । वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ८६ अर्ब छ ।

प्रतिक्रिया दिनुहोस्

Array