३५ प्रतिशत हकप्रद शेयर जारी गर्दै मल्टीपर्पस फाइनान्स

आर्थिक लाइभ
आर्थिक लाइभ २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०।३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेको थियो ।

राष्ट्र बैंकले आगामी वार्षिक तथा विशेष साधारण सभाबाट पारित भएपश्चात मात्रै उक्त हकप्रद शेयर निष्काशनको लागि सहमति प्रदान गरिएको हो । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array