अर्को बिग मर्जरः कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं ।  कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ। दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ । मर्जरपछि बैंकको सीईओ रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन् ।

कुमारी बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २५ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ।

यस अघि नबीलसँग नेपाल बंगलादेश बैंक गाभिईसकेको छ भने ग्लोबल आईएमईसँग बिओके मर्जरको सम्झौता भईसकेको छ । त्यसै गरी हिमालयन बैंक र सिभिलबीच मर्जरको प्रकृया छ भने नेपाल ईन्भेष्टमेन्ट बैंक र मेगाबैंकबीच मर्जरको सम्झौता भएर प्रकृया अघि बढेको छ ।

यसै गरी प्रभु बैंक र सेञ्चुरी बैंकबीच पनि मर्जरको सम्झौता भएर शेयर कारोबार रोक्का भएको छ । अधिकांश बैंकहरु मर्जरमा जाँदा दुई दर्जन बढीको संख्यामा रहेका वाणिज्य बैंकहरुको संख्यामा कमी आउने छ ।

प्रतिक्रिया दिनुहोस्

Array