नेपालको आर्थिक वृद्धिदर ४.७%मा सीमित रहने

आर्थिक लाइभ
आर्थिक लाइभ ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । एडीबीले गत अप्रिलमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। अहिले त्यसमा केही संकुचन आउने एडीबीले प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षमा सरकारले भने ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।

आर्थिक वृद्धिदरमा संकुचन आउन सक्नेमा सरकारले आयातमा लगाएको प्रतिबन्ध नै मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ। यसले अर्थतन्त्रमा विस्तारै नकारात्मक प्रभाव पुग्ने एडीबीको विश्लेषण छ।

कोभिड महामारीको असरका बाबजुत पछिल्लो समय डेंगु, प्राकृतिक प्रकोप र भूराजनीतिक उथलपुथलबाट समेत नेपालको आर्थिक वृद्धिमा असर पुग्न सक्ने एडीबीको अनुमान छ। ‘सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ’, प्रतिवेदनमा उल्लेख छ, ‘यसमा मलको अभावले धान उत्पादनमा ह्रास आउन सक्छ।’

प्रतिक्रिया दिनुहोस्

Array