सञ्चालकहरु जिम्मेवारीबाट पन्छिन मिल्दैन : सहकारी विभाग

आर्थिक लाइभ
आर्थिक लाइभ २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । सहकारी विभागले सहकरी संस्था समस्यामा पर्दा पदीय हैसियतबाट पन्छिन खोज्ने सहकरी सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई सचेत गराएको छ ।

आइतबार विभागले सहकारी संस्थाहरुको नाममा एक निर्देशन जारी गर्दै सञ्चालक र सुपरिवेक्षण समिति अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै सचेत गराएको हो ।

‘सहकारी संघसंस्था सदस्यहरुको लोकतान्त्रिक प्रणालीबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति छनोट भई नियमित र निरन्तर रुपमा सञ्चालन हुने संस्था हो,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ, ‘संस्था राम्रैसँग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदीय हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनासाथ सञ्चालक समितिमा त्यत्तिकै राखिदिएछन्, सञ्चालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ भने केहीले जिम्मेवारीबाट अलग गराइ पाँउ भनि विभागमा आउने गरेको पाइन्छ।’

प्रतिक्रिया दिनुहोस्

Array