राष्ट्र बैंकले भदौ २८ गते १० अर्बको ट्रेजरी बिल जारी गर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले भदौ २८ गते १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ ।

यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल मंसिर २७ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array