सरकारद्वारा ६ वस्तुमा करका दर हेरफेर

आर्थिक लाइभ
आर्थिक लाइभ २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकारले ६ वस्तुमा लाग्दै आएको करका दर हेरफेर गरेको छ । २१ गते बसेको मन्त्रिपरिषदको बैठकले करका दर हेरफेर गरेको हो । बिहीबार मुख्यसचिव शंकरदास बैरागीले मन्त्रिपरिषदको २१ गतेको बैठकले करका दर हेरफेर गर्ने निर्णय गरेको जानकारी अर्थ मन्त्रालयलाई गराएका छन् ।

राजपत्रमा सूचना प्रकाशित भएपछि परिवर्तित करका दरहरु भन्सार विभागले कार्यान्वयन गर्नेछ । अर्थ मन्त्रालय स्रोतका अनुसार एमएस बिलेटको अन्तशुल्क प्रतिमेट्रिकट १००० रुपैयाँले घटाइएको छ । त्यस्तै, ध्यू तेल उद्योगमा पहिला १० प्रतिशत रहेको भन्सार महशुलमा ९० प्रतिशत छुट दिँदै १ प्रतिशत कायम गरिएकोछ ।

त्यसैगरी, सहकारीको आम्दानीमा लाग्ने आयकरलाई समेत संशोधन गरिएको छ । महानगरभित्रका सहकारीलाई लाग्दै आएको ७ प्रतिशत करलाई संशोधन गर्दै ५ प्रतिशत कायम गरिएको छ । वायर रडमा १० प्रतिशत रहेको भन्सार महशुललाई ५ प्रतिशत बनाइएको छ । सेनिटरी प्यााडको कच्चा पदार्थमा १ प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने र अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको छ । अगरबत्तिको अन्तशुल्क उद्योगीको माग अनुसार घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array