असोज १ गतेदेखि दशैंका लागि टिकट बुकिङ

आर्थिक लाइभ
आर्थिक लाइभ २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । असोज १ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको छलफलले आगामी असोज १ गतेबाट लामो दुरीका सार्वजनिक यातायातका लागि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

उक्त छलफलबाट यातायाता व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा अनलाइन बुकिङ गर्न व्यवस्था मिलाउने निर्णय भएको छ छ । त्यसमा अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले छुट वा सहुलियतसमेत प्रदान गर्ने छन् ।

त्यसैगरी, टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरुसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने छलफल भएको छ ।

त्यस्तै, यातायात आवगमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारी साधनहरू असोज १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन रोक लगाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array